पोखरा ।पोखरा महानगरपालिकाले विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई राहत वितरणको लागि नाम संकलन थालेको छ । मंगलबार ५ नम्बर वडाले राहत लिनेको नाम संकलन सुरु गरेको हो । सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन घोषणा गरेकै बेला वडाले मान्छेको भीड लगाएर नाम संकलन गरिरहेको छ । कोरोनाको सामान्य सावधानी पनि नअपनाई मान्छे जम्मा गरेर नाम संकलन गरिएकोप्रति सामाजिक सञ्जालमा चौतर्फी विरोध भैरहेको छ ।
वडाध्यक्ष धनबहादुर नेपालीले नागरिकले गलत बुझेका कारण भीड देखिएको बताए । ‘हामीले नाम संकलन गर्न भनेर फरक फरक समयमा बोलायौं । तर राहत बाँड्ने भन्ने बुझेर सबैजना परिवारसहित एकैपटक भेला भए,’ उनले भने, ‘फोटोकफी गर्ने र नाम टिप्ने बेला केही समय भिड लागेको हो । अहिले त्यो सामान्य भैसकेको छ । दुरी कायम गरेर नाम टिपिरहेका छौं ।’७ वटा टोली बनाएर नाम संकलनको काम गरिएको नेपालीले सुनाए ।
उनका अनुसार ५ नम्बर वडाबाट ३ सय हाराहारीमा विपन्नले नाम टिपाउने अनुमान गरिएकोमा १ हजार भन्दा बढी भैसकेका छन् । महानगरले नाम टिपाउँदैमा राहत दिन नसकिने भन्दै बास्तविक पीडितलाई हेरेर मात्रै राहत दिने जनाएको छ । नगरपालिकाले विहिबारसम्म सबै परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको छ ।राहतकै लागि २ करोड रुपैयाँको राहत कोष स्थापना गरेको नगरपालिकाले २ हजारका दरले प्रत्येक परिवारलाई खाद्य सामग्री उपलब्ध गराउने छ । २५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ केजी गेडागुडी तरकारी उपलब्ध गराईने मेयर मानबहादुर जिसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
वैशाख ५, २०७८