मुख्यमन्त्री गुरुङद्वारा दशैको शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७६
Prithvi-Subba-Gurung-1-750×460

पोखरा, १९ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नेपालीहरुको महत्वपूर्ण साँस्कृतिक पर्व चैते दशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिकाको कामना गर्दै शुभकामना सन्देश दिएका छन् ।

मंगलवार शुभकामना सन्देश दिर्दै मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि भएको बताए । वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरीपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु सन्देशमा भनिएको छ ।

यतिवेला कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीले विश्व समुदायलाई नै गम्भीररुपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि यसको प्रभाववाट मूक्त रहन सकेन । नेपालमा पनि कोरोना भाइरस रोग (कोभिड–१९) का संक्रमण देखिन थालेको छ । यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि हामी सम्पूर्ण क्षमताका साथ लागिरहेका छौँ । यसमा सम्पूर्ण नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको आवश्यकता छ । सवै मिलेर मात्र यस संक्रमणवाट हामी आफु वँच्न सक्छौँ र अरुलाई वँचाउन सक्छौँ। मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन् ।

उपचारको विश्वसनीय विकल्पको आविष्कार भैइनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणवाट जोगिन पूर्व सतर्कता अपनाउनु सवैका लागि अपरिहार्य हुन गएको छ । यसको लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै यस संक्रमणवाट वच्ने उपायका सम्वन्धमा विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई हाम्रो जीवनशैलीको रुपमा अपनाई कुनै हेलचक्राईँ नगरी पालना गर्नका लागि यस अवसरमा म सवैमा पुनः आग्रह गर्दछु ।

मानव जातिकै अस्तित्वको लागि चुनौती वनेर आएको विश्व मानव जातिकै साझा शत्रु कोरोना भाईरस रोग (कोभिड–१९) का विरुद्धमा एकतावद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस चैते दशैँ पर्वले हामी सवैलाई प्रेरित गर्न सकोस् भन्ने कामना व्यक्त गर्दछु। मुख्यमन्त्री गुरुङले आफ्नो सन्देशमा भनेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width