कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

माछामार्ने क्रममा खोलाले बगाएर खड्का बेपत्ता

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६

पोखरा, १७ चैत । पर्वत जिल्ला मादी गाउँपालिका–२ सिमखेत स्थित मोदी खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक युवक वेपत्ता भएका छन् ।

पर्वतको मोदी गाउँपालिका–६ गिज्याङ निवासी ३६ वर्षीय दीपक खड्कालाई माछा मार्ने क्रममा अचानक खोलाले बगाएर वेपत्ता नाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीसँग माछा मार्न सँगै गएका सोही वडा निवासी २६ वर्षीय गणेश केसीले सोमवार विहान प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए । उनीहरु आइतबार राति १०.३० वजे खोलामा माछा मार्न पसेका थिए । घटनाको बारेमा प्रहरीले अनुुसन्धान शुरु गर्नुको साथै उनको खोजी कार्यपनि गरिएको जानकारी प्रहरीले दिएको छ ।

हाम्रो सुझाव