कोरोना रोकथाम तथा नियन्त्रणका बारे भइरहेका प्रयासका बारे आज सोमबार मुख्यमन्त्री शंकर पोखरेलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमसेर राणासंग एकीकृत भिडियो संवाद गरे ।
मुख्यमन्त्री र उपमहानगर प्रमुखबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । उपमहानगरपालिका प्रमुखहरुले अहिलेसम्म गरेका कामबारे जानकारी दिदै प्रदेश र संघीय सरकारबाट गरेको अपेक्षाबारे बताए । मुख्यमन्त्रीले महामारी रोकथामका लागि उपमहानगरपालिकाहरुको सक्रियता प्रशंसनीय रहेको बताउँदै भारतसहित अन्य मुलुकबाट आएकाहरुको तथ्याङ्क संकलनगरी क्वारेन्टाइनमा राख्न, दैनिक ज्यालादारी गर्ने नागरिकको खानपानको व्यवस्थापनमा ध्यान दिन र स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गरे ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेको, अब केही दिनमै प्रयोगशाला परीक्षणको लागि काठामाडौं जानुपर्ने बाध्यता हट्ने र प्रयोगशाला रिपोर्ट आउन छिटोछरितो हुने बताए । तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाट सबैलाई एकताबद्ध गरी महामारीलाई परास्त गर्न ध्यान केन्द्रित रहेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
जनजागरण टोल विकासमा देवी थापा
पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष : निजी आवासमा ९० प्रतिशतभन्दा बढी प्रगति
सुख्खा पहिरोमा ५ मजदुरको मृत्यु
गोठादीका पहिरोपीडितलाई मगर संघ बेलायतको सहयोग
पहिरोमा पुरिएर स्याङ्जामा दशको मृत्यु
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७