कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

कृषि विकास बैंक गण्डकीले दियो उपचार कोषलाई ५ लाख

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६

पोखरा, १७ चैत । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले विश्वभर फैैलिएको कोभिड–१९ प्रभाव नेपालमा पनि परेकाले यसको रोगथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेश सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक करुणचन्द्र घिमिरेले सोमवार कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खातामा जम्मा हुनेगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । कृषि विकास बैंक केन्द्रीय कार्यालयले केन्द्र्रीय सरकारको राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।