कोरोना संक्रमित भेटिएको जाहाजमा आएका नवलपुरका ६ जनानै क्वारेन्टाइनमा, सबैको अवस्था सामान्य

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६

नवलपरासी, १७ चैत्र । कारोना संक्रमित भेटिएको जाहाजमा आएका नवलपुरका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार पहिलो पटक अर्थात चैत्र ४ गते जाहाजमा आएका भेटिएका नवलपुरका एक जना र चैत्र ६ गते आएको जाहाजमा भेटिएका ५ जना सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । उनीहरुको अवस्था समान्य रहेको र स्वाव परीक्षणका लागि पठाउन पर्ने नदेखिएको उनले बताए ।४ गतेको जाहाजमा आएका चैत्र १८ गते मंगलबार १४ दिन पुग्ने भएकोले उनी खतरा मुक्त हुने सम्भावना देखिन्छ । उनी खतरामुक्त भएपछि क्वारेन्टाइनबाट घर पठाइने उनले बताए ।त्यसैगरी चैत्र ६ गते आएकाहरु पनि १४ दिन पुगेपछि घर फर्काइने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width