बागलुङ चेम्वरद्वारा मास्क वितरण

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६
20200330_122025

बागलुङ, १७ चैत । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको जोखिमसंग बचेर काम गर्न बागलुङ सदरमुकाममा मास्क बितरण गरिएको छ ।

अहिले बजारमा मास्क किन्न समेत नपाइ रहेको समयमा नेपाल चेम्बर अफ कमर्स बागलुङ शाखाले जिल्ला प्रहरी कार्यालय बागलुङमा एक कार्यक्रम गरि ११ सय थान मास्क बाड्ने काम गरेको हो ।कोरोना भाइरस को समयमा पनि दिनरात जोखिम मोलेर काम गर्ने नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना बागलुङ नगरपालिका र नेपाल पत्रकार महासंघलाई चेम्बर अफ कमर्सका सचिव सन्तोष कुबँरले सो मास्क बितरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय लाई १०० थान श्री नम्बर २३ बाहिनी अड्डा लाई १०० सशस्त्र प्रहरी बल लाई ५० थान बागलुङ नगरपालिका स्वास्थ शाखालाई १०० थान र नेपाल पत्रकार महासंघलाई २५ थानर बाकी ६२५ थान मास्क ढोरपाटन नगरपालिका र गलकोट नगरपालिका भित्र बाड्ने योजना रहेको चेम्बरका महासचिव कुवँरले बताए ।अहिले बितरण गरिएको मास्कले कोरोना भाइरस बाट जोगिन थोरै भए पनि सघाउ पुर्याउने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले बताए । बागलुङ नगरपालिका संग भएको मास्क हस्पिटल लगायतका क्षेत्रमा बितरण गरेर सकिएको बेला चेम्बरले जुन मास्क दिएको छ यो ठूलो दान भएको बागलुङ नगरपालिका स्वास्थ प्रमुख रामप्रसाद खनालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width