मेस्सी र रोनाल्डोको १०–१० दश लाख युरो सहयोग

एजेन्सी
चैत्र १७, २०७६
ronaldo

विश्वका दुई स्टार फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरद्ध लड्न १०–१० लाख युरो सहयोग गरेका छन्।

विश्वले झेलिरहेको कोभिड–१९ प्रकोपसँग जुध्न मेस्सी र रोनाल्डोले सहयोग गरेका हुन्।मेस्सीले बार्सिलोनाको अस्पताललाई १० लाख युरो सहयोग गरेका हुन्। स्पेनमा रहेको क्लिनिक बार्सिलोनाले मेस्सीलाई सहयोगको लागि धन्यवाद भनेको छ।

स्पेनमा हालसम्म कोरोनाले ४९ हजार ५१५ बिरामी भएका छन्। त्यहाँ ३६ सय ४७ को मृत्यु भइसकेको छ।यस्तै रोनाल्डो र उनका एजेन्टले मिलेर पोर्चुगलका दुई अस्पताललाई १० लाख युरो सहयोग गरेका हुन्।उक्त सहयोग लिस्बोन र पोर्टोका अस्पतालले बराबर प्राप्त गर्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width