चन्दा उठाएर क्वारेन्टाइन निर्माण

रासस
चैत्र १७, २०७६
20200324_145249

मेलम्ची, १७ चैत । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको छ ।

चालीस जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यवत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । अहिले भने १५ जना क्षमताको तयारी भएको छ । इच्छा हुने एक व्यक्ति बराबर रु एक हजार संकलन गरेर क्वारेन्टाइन बनाइएको हो ।

क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताउछन् । अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि पाँच थान गाउन र ५०० थान मास्क निःशुल्क उपलब्ध गराएका छन् । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले पाँच सय थान मास्क प्रदान गरेको छ ।

चार जना आइसोलेशनमा

विदेशबाट फर्किएका चार जनालाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेशनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेशनमा रहने चार जना पुगेको हो । रिजाललाई चौतारा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

यसअघि इराकबाट फर्केका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा राखिएको थियो । उनीहरु अझै आइसोलेशनमै छन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width