नवलपरासी, १६ चैत्र । कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पुर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा निर्माणाधीन काली गण्डकी कोरिडरमा कार्यरत ११ सय मजदुर घर जान नपाएर ६ दिनवाट अलपत्र परेका छन ।
त्यसखण्डको बुलिंटार गाउँपालिका वडा नम्बर ६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउत आफु सहित १५० मजदुर गौडामा एकै ठाउमा अलपत्र परेको टेलिफोनमा जानकारी दिए । उनी गाउँकै खुमबहादुर गिरी (पेटी ठेकेदार) ले लिएर आएर २ महिनादेखि का मगर्दै आएको र हाल अलपत्र परेको जानकारी दिए । उनले २ महिनादेखि तलब समेत नपाएको सुनाए । उनको टोली ४० नम्बर खण्डमा कार्यरत छन । त्यहाँ कामदारलाई हरेक एक किलोमिटर भित्र दुरीकालाई एउटा नम्बर दिने चलन छ ।
आफुहरु जस्तै सल्यान , प्यूठान , रोल्पा , रुकुम , जाजरकोट , भोजपुर, दैलेख , इलाम , संखुवासभाका मजदुर अलपत्र परेको उनले जानकारी दिए । त्यस खण्डका कल्सल्टेन्ट इन्जिनियर रोहित भटराइले धेरै कामदार अलपत्र परेको र उनीहरुकले कठिनाई भोगीरहेको जानकारी दिए । पठाउने प्रयासमा ठेकेदारहरु पनि छन, गाउँगाउका सडकमा स्थानीयले रुख ढालेर आवतजावत बन्द गरेका कारण उनीहरुलाई महेन्द्रराजमार्गमा झार्न गाडी पठाउन नपाएको जानकारी दिए । शनिवार १४८ मजदुरलाई पठाइएको र अन्यलाई ठेकेदारहरुले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर पठाउने प्रयत्न भैरहेको जानकारी पाएको सुनाए । मजदुरहरु कोरोनाको त्रास र जोखिमा छन । उनीहरुमा पैसा नपाएको पिरलो त छदैछ कोरोनाको त्रास पनि उत्तिकै छ । घरपरिवारको सदस्यहरुको अबस्थाकाबारेमा चिन्तित छन ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारीले त्यहा मजदुरहरु अलपत्र परेको र खानपीनमा समेत अभाव हुन लागेको जानकारी पाएको र उद्धारको काम थालिएको टेलिफोनमा बताए । ठेकेदार कम्पनीले उनीहरुलाई कम्तिमा पनि घरसम्म पुग्न र खाना खादा लाग्ने रकम दिन पर्ने आदेश गरेको बताए । उनीहरुलाई केही पकेट मनि पनि बुझाउनासाथ गाडी पठाउने र सडक खुलाउने काम भैहाल्ने जनाए । उनीहरुलाई त्यहा बसुन्जेल पनि ठेकेदारले नै खाने बस्ने व्यवस्थागर्न आदेश गरेको उनले सुनाए । सकेसम्म आज सम्मको भुक्तानी पुरै दिनु भनेको छु । यदि त्यसमा समस्या छ भने उनीहरुलाई घरसम्म पुग्ने पैसा दिनै पर्ने छ घिमिरेले भने ।कालीगण्डकी कोरिडरको गैडाकोट डेढगाउ खण्ड ( पुर्वी नवलपरासीमा पर्ने) मा ७५ किलोमिटर लम्बाइ पर्दछ । सडक खण्डको ठेक्का पाएको भारतीय इकेके इन्फ्रा स्ट्रक्चर लिमिटेडले नेपाली धेरै पेटी ठेकेदारलाई फरक फरक खण्डमा काममा लगाएको हो ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७