विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३ हजार ९५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३३ हजार ९ सय ५६ पुगेको छ। यो तथ्यांक सोमबार बिहान पौने सात बजेसम्मको हो।
कोरोना भाइसबाट विश्वभर सात लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन्। आइतबार एकै दिन विश्वमा ५८ हजार २ सय ८५ जना नयाँ संक्रमित देखिएका छन्।संक्रमित मध्ये अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचारपछि पूर्ण रुपमा निको भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट धेरै ज्यान गुमाउने विश्वका मुलुकमा इटाली, स्पेन, चीन, फ्रान्स, इरान, अमेरिका, युके, नेदरल्यान्ड, जर्मनी र बेल्जियम बनेका छन्।गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा ८ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यहाँ आइतबार झण्डै सात हजार नयाँ संक्रमित थपिएका छन्। स्पेनमा अहिलेसम्म ६ हजार ८ सय ३० जनाको मृत्यु भइसकेको छ।
आइतबार इटालीमा कोरोना संक्रमणबाट ७ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ। ९७ हजार ६ सय ८९ जना संक्रमित भएका छन्। अमेरिकामा आइतबार कोरोना संक्रमणबाट २ सय ५५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म २ हजार ४ सय ७५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ। संक्रमितको संख्या एक लाख ४१ हजार ८ सय ५४ पुगेको छ। यो संख्या विश्वमा सबैभन्दा बढी हो।फ्रान्समा आइतबार कोरोना संक्रमणबाट २ सय ९२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा अहिलेसम्म २ हजार ६ सय ६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ४० हजार नाघेको छ।
त्यसैगरी युकेमा आइतबार २०९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १ हजार २ सय २८ पुगेको छ । संक्रमितको संख्या १९ हजार नाघेको छ। हिजो एकैदिन त्यहाँ २४ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्।जर्मनीमा आइतबार एकैदिन कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या ६२ हजार नाघेको छ। इरानमा कोरोना संक्रमणबाट आइतबार १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म २६ सय ४० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ३८ हजार नाघेको छ।
त्यसैगरी नेदरल्यान्डमा आइतबार कोरोना संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन्।त्यहाँ हिजो एकै दिन ११ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। नेदरल्यान्डमा संक्रमितको संख्या करिब नौ हजार पुगेको छ भने मृतकको संख्या ७ सय ७१ पुगेको छ। त्यसैगरी बेल्जियममा आइतबार ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ४ सय ३१ जनाको मृत्यु भइसकेको छ। संक्रमण नियन्त्रण हुँदै गएको चीनमा यसको संक्रमणबाट अहिलेसम्म ३ हजार ३ सयले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म विश्वका १ सय ९५ भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८