गण्डकी प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिको बैठक, निःशुल्क राहत प्याकेज वितरणको तयारी

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६
001

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्साल संयोजक र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सह संयोजक रहेको गण्डकी प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिको पहिलो बैठक मन्त्री लम्सालको संयोजकत्वमा  सम्पन्न भयो । बैठकले गण्डकी प्रदेशमा सहज रुपमा खाद्यान्न जनता सम्म पुगोस भन्ने हेतुले न्युनतम मुल्यमा खाद्य सामग्री वितरणको ब्यबस्थाका साथै सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने कामदार, क्वारेन्टाइनमा बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएकालाइ निःशुल्क राहत प्याकेज वितरणको तयारी सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले आजबाट नै मोबाइल एप्स सञ्चालनमा ल्याएर घर परिवार र स्थानिय तह स्तर सम्मको माग संकलन गर्ने, स्थानिय तहका प्रमखहरुसँग समन्वय गर्न नौ वटा टास्क फोर्स बनाउने, दैनिक उपभोग्य बस्तुको कालोबजारी र अभाव हुन नदिन अनुगमन गर्ने, प्रदेश बाहिरबाट आवश्यक उपभोग्य सामन भित्राउने र जिल्ला देखी स्थानिय तह सम्म आपुर्ती अनुमगन समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला र स्थानिय तह सम्मका समितिको कार्य जिम्मेवारी पनि तोकेको छ ।

  • मन्त्रालयस्तरमा वाणिज्य तथा आपुर्ति महाशाखाको नेतृत्वमा २/२ जना रहेको ९ वटा टास्क फोर्स बनाएर स्थानीयतहका प्रमुख ,उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र प्रशासकीय अधिकृत संग सम्पर्क गरी विवरणहरु संकलन गर्ने
  • माग भई आएका अत्यावस्यक बस्तुहरुको वितरणको उपयुक्त आपुर्ति र ढुवानी समेत तय गर्ने
  • अत्यावस्यक बस्तुहरुको मौज्दात संकलन गर्ने
  • प्रदेश बाहिरबाट आयात गर्नुपर्ने आवश्यक वस्तु प्रदेशमा भित्र्याउने
  • दैनिक अत्यावश्यक उपभोग्य वस्तुको कालोबजारी तथा अभाव हुन नदिन अनुगमन व्यवस्था प्रभावकारी बनाउने
  • मानव स्वास्थ्यमा हानी पुर्याीउने, गुणस्तरहिन मालवस्तु, खाद्यान्न तथा म्याद नाघेका औषधि नष्ट गराउन आवश्यक प्रवन्ध मिलाउने
  • लक्षित वर्ग र सडक वालवालिका र दैनिक ज्यालामा कामगर्ने कामदार, क्वारेन्टाइनमा बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएका लाई दिनुपर्ने राहत प्याकेज सम्बन्धि गृहकार्य गर्ने
  • कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गर्ने र प्रदेश सरकारको निर्णय अनुसार वितरण गर्ने
  • जिल्ला स्तरीय आपुर्ति अनुगमन लाइ प्रभाबकारी बनाउन अत्यावस्यक वस्तुहरुको स्थानीय तथा जिल्ला स्तरको मौज्दात र मागको विवरण सुचना प्राप्त गरेको ५ दिन भित्र प्रदेश स्तरीय समितिमा पठाउने
  • प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण आपुर्ति, ढुवानी र अनुगमनको लागि सहजिकरण गर्ने
  • अत्यावश्यक उपभोग्य बस्तुहरुको सहज आपूर्तिका लागि बजार प्रकृया नियमित र सुचारु बनाउन बजार अनुगमनलाई प्रभावकारी बनाउने
  • संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबाट यस सम्वन्धमा जिल्लाभित्र हुने कामकारवाहीको समन्वय गर्ने र सो सम्वन्धि सूचना प्रदेश सरकारलाई दिने

समितिका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले दिएको जानकारी अनुसार स्थानीय तहस्तरीय आपुर्ति अनुगमन समितिको कार्य तर्फ प्रदेश स्तरीय र जिल्ला स्तरीय आपुर्ति अनुगमन समितिले माग गरेको तथ्याङ्कको विवरण मन्त्रालयले उपलब्ध गराएको ढाँचा एप्समा संकलन गरी उपलब्ध गराउने, प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण ,आपुर्ति , ढुवानी अनुगमन गर्ने ,    कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गरी वितरण गर्ने र सो को जानकारी प्रदेश सरकारलाई दिने,  दुध, अण्डा, मासु, पशुपंक्षिको दाना, ग्याँस, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहजीकरण गर्ने , कोरोना संक्रमण को बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु संचालन गर्ने निर्णय भएका छन्  ।

मास्क, सेनिटाईजर, साबुन, थर्मोमिटर, पन्जा प्रत्येक स्थानीय तहमा मागका आधारमा उपलब्ध गराउन सहजीकरण गर्ने र तत्काल गर्ने कार्यहरुका सम्वन्धमा बैठकले अत्यावश्यक वस्तुहरुको माग संकलन र वितरण प्रणालीका सन्दर्भमा सवै जिल्लास्तरिय आपूर्ति अनुगमन समिति र स्थानीय तह स्तरिय आपूर्ति अनुगमन समितिले अत्यावश्यक बस्तुको मागको संकलन ५ दिनभित्र  मन्त्रालयमा पेश गर्ने , साथै मोवाईल एप्सको प्रयोग गरी आम जनसमुदायमा प्रचार प्रसार गरी मागको संकलन गर्ने , संकलित माग बमोजिमको आपूर्ति गर्न सहज खाद्य प्याकेज  जिल्ला स्तरिय उद्योग वाणिज्य संघ र ठूलो क्षमतामा आपूर्ति गर्न सक्ने आधिकारीक आपूर्तिकर्तालाई मात्र होम डेलिभरी गर्न जिल्ला अनुगमन समितिले अनुमति दिने,  कोरोना संक्रमणको बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु संचालन गर्ने गराउने निर्णय गरेको पौडेलले जानकारी दिए  ।

बैठकका निर्णयहरु [pdf download]

Related News

सम्बन्धित समाचार

hero news full width