बुटवलको कोरोना विशेष अस्पतालमा राखिएका एक बिरामीको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७६
File: A view of Butwal City. Photo: THT

बुटवल बजार । -फाइल फाेटाे

बुटवल १६ चैत्र । बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका अन्दाजी ३५ वर्षीय बाबुराम थापाको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु बारे अस्पतालले केही बोलेको छैन । उनको रगतको नमुना संकलनका लागि पठाइएको र हाल सम्म नजिता नआएको अस्पताल श्रोतले बताएको छ । उनी दुवईबाट १० दिनअघि मात्र नेपाल आएको बुझिएको छ । उनी त्यहाँ ट्याक्सी ड्राईभरको रुपमा कार्यरत थिए । विस्तृत विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width