गौरका तरकारी पसलसमेत बन्द

एजेन्सी
चैत्र १६, २०७६
deserted Gaur city

रौतहट, १६ चैत । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ ।दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने स्थानीयबासीको भिडका कारण संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार औषधिबाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले देशैभरि लकडाउन गरेर बिहान र साँझपख भने मानिसहरु तरकारी, दूध तथा अन्य खाद्यान्न खरिद गर्न बाहिर निस्किने गरेका छन् । जसका कारण किराना पसल तथा तरकारी पसलहरुमा स्थानीयबासीको भिड लाग्ने गर्दछ ।‘किनमेलकै बहानामा सबैजना घरबाट बाहिर निस्कने, डुल्न जाने जस्ता गतिविधि हेर्दा लकडाउनको मतलव गरेको देखिएन, त्यसैले अब दुई दिन सटडाउन गर्ने निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने ।

सटडाउनको पहिलो दिन आइतबार बिहानैदेखि गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयबासीलाई घर बाहिर निस्कन दिएका छैनन् । लकडाउनलाई कडाइका साथ पालना गर्न लगाउने र अवज्ञा गर्नेलाई कारवाही गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको प्रजिअ घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width