कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

नेपाल आइपुग्यो कोरोना रोक्ने १३ टन स्वास्थ्य सामग्री

Avatar एजेन्सी
चैत्र १६, २०७६

तस्वीर– नागरिक उड्ययन प्राधिकरण ।

काठमाण्डौ, १६ चैत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पहिचान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहानै काठमाडौं अवतरण भएको छ।

सरकारले खरिद गरेको तथा त्यहाँको प्रान्तीय सरकारले सहयोग गरेको विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज बिहान ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराििष्ट्रय विमानस्थल आइपुगेको हो।कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन(९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमूना संकलन गर्ने किटलगायत सामग्री ल्याइएका हुन