करिब ३२ महिनापछि मिडफिल्डर अब्देलहक नौरी अस्पतालको कोमाबाट घर फर्किए

एजेन्सी
चैत्र १५, २०७६
Abdel hak Nauri

डच क्लब आयाक्सका मिडफिल्डर अब्देलहक नौरी करिब ३२ महिनापछि अस्पतालको कोमाबाट घर फर्किएका छन् ।

सन् २०१७ मा हृदयघातको कारण मैदानमै लडेका मिडफिल्डर नौरी २ वर्ष ८ महिना १९ दिनपछि घर फर्किएका हुन् ।
मोरक्को मुलका डच फुटबलर नौरीलाई अष्ट्रियामा जुलाई ८ मा जर्मन क्लब वेडर बर्मेनसँगको मैत्रीपूर्ण खेल दौरान हृदयघात भएको थियो ।

हृदयघातको कारण मैदानमा लडेका २२ वर्षे नौरीलाई मस्तिष्कघात भएको थियो । त्यसयता उनी अस्पतालको कोमामा थिए ।

नौरीका भाइ अब्डेराहिमले एक टेलिभिजनसँग कुरा गर्दै नौरी कोमाबाट बाहिर निस्किएको र अहिले घरमा आराम गरिरहेको बताए । तर, नौरी पूर्णरुपमा अरुमा निर्भर रहेको समेत उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width