एअर अरेयिबाबाट आएका ५ जना सम्पर्कमा

रामकुमार श्रेष्ठ
चैत्र १५, २०७६
air-arabia759

नवलपरासी, १५ चैत्र । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा संक्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्ये ५ जना नवलपुरको भएको पाइएको छ ।

ति मध्ये पाँचै जना सम्पर्कमा आएको र ३ जना क्वारेन्टाइनमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ । ८ जना मध्ये ३ जना पश्चिम नवलपरासीका हुन् ।

तिनीहरु मध्ये कावासोती ९ रतलौलका लोकबहादुर महतो जनता मावि मगरकोटको क्वारेन्टाइनमा बसेका छन् ।

त्यसैगरी अर्खला घर भई हाल मध्यविन्दु नगरपालिका १२ मा बस्दै आएका चित्रबहादुर चिढी यादव मावि तमासपुरको क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी आनन्द भुसालले बताए ।

त्यसैगरी राकाचुलीका टेकबहादुर सोमै मध्यविन्दु नगरपालिका १० मा रहेको क्वारेन्टाइनमा पुगेका छन् ।

दुम्किबासका बुद्धिबहादुर राना भने पिता (बुवा) को क्रियामा बसेको प्रशासनले जनाएको छ ।

त्यसैगरी दिव्यपुरका प्रकाश काफ्ले भरतपुर २ ससुराली घरमा सम्पर्कमा रहेको भुसालले बताए । उनलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

उनीहरु गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाण्डौ आएका थिए । त्यो बिमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए ।

ति ८ मध्ये बाँकी दिन जना पश्चिम नवलपरासीका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width