एकैदिन ३ सय पर्यटकको उद्धार

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
12

पोखराका विभिन्न ठाउँमा बसिरहेका ३ सय भन्दा बढी पर्यटकको उद्धार गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि पोेखरामा अलपत्र परेका पर्यटकहरुलाई दैनिक रुपमा काठमाण्डौं लैजान थालिएको छ । सुरुमा बुद्ध एयर मार्फत ५९ फ्रान्सेली पर्यटक लगिएकोमा शुक्रबार यति एयरले विभिन्न मुलुकका ५८ जनालाई काठमाण्डौं लगेको थियो ।

शनिबार गाडी र जहाज गरेर ३ सय १८ जना काठमाण्डौं गएका छन् । गाडीबाट १ सय ८७ जना र जहाजबाट १ सय ३१ जनालाई पठाईएको पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार पर्यटक बोक्न शनिबार ३ फ्लाईट भएको थियो । श्री एयरलाईन्सले दुईपटकमा १ सय ९ जना र यतिले २२ जना उडाएको हो ।

यसबाहेक ७ वटा गाडी रिजर्भ गरेर अलपत्र पर्यटक र उनीहरुका सहयोगीलाई पनि पठाईएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए । पर्यटन परिषद्को संयोजनमा पर्यटकलाई जम्मा गरेर पठाईएको हो । अझै २ सय भन्दा बढी पर्यटक पोखरामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width