म्यानचेस्टर युनाइटेड स्पेनिस गोलकीपर डेविड डी गिआको मड्रिड समुदायलाई सहयोग

एजेन्सी
चैत्र १५, २०७६
Devid De Gea

म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी गिआले कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानका लागि मड्रिड समुदायलाई ३ लाख युरो सहयोग गरेका छन्।

मड्रिडमै जन्मिएका डी गिआले आफ्नै गृहनगरको समुदायलाई कोरोनाविरुद्ध क्वारेन्टाइनमा बसेकालाई खाना, औषधोपचारका सामाग्रीलगायतका लागि उक्त रकम सहयोग गरेका हुन्।

कोरोना भाइरसको संक्रमित स्पेनमा मात्रै ५७ हजार ७ सयभन्दा बढीमा देखिएको छ । स्पेनमै कोरोना भाइरसका कारण ४ हजार ३ सय ६५ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनको राजधानी मड्रिड, बस्क र क्याटालोनियामा कोरोनाको प्रकोप सबभन्दा बढि देखिएको छ।

मड्रिड समूदायका अध्यक्ष डिआज आयुसोले डी गियालाई विश्वव्यापी प्रकोपविरुद्धको अभियानमा साथ दिएकोमा धन्यवाद दिएका छन्।

‘कोरोना भाइरसविरुद्धको अभियानमा यो ठूलो सहयोगका लागि मड्रिड समुदाय डेविड डी गिआलाई धन्यवाद दिन चाहन्छ,’ आयोसुले ट्विटरमा लेखेका छन्, ‘मड्रिडवासी डी गिआप्रति कृतज्ञ छन्। हामी डी गि आप्रति गर्व गर्छौं।’

कोरोना भाइरसका कारण दुई साताअघिदेखि विश्वभरका सबै खेलकुद गतिविधि स्थगनमा छ। स्थगित हुनुअघि डी गिआको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा थियो।

Related News

सम्बन्धित समाचार

hero news full width