लिफ्टिङ योजनामा काम गर्ने मजदुरले चामल र पैसा पाए

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
banner-tap-running

बागलुङ, चैत १५ काेराेना भाइरसकाे संक्रमण फैलिन सक्ने अfशंकामा सरकारले देश लकडाउन गरेपछि बागलुङ नगर खानेपानीकाे लिफ्टिङ याेजनामा काम गर्ने मजदुर सदरमुकाममा अलपत्र परेकाे खबर संचार माध्यममा आएपछि राहत पाएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ३ कैलाम पाेखरी राटमाता लिफ्टिङ खानेपानी योजनाको जिम्मेवारी लिएको जय मता कन्काइ जेबी निर्माण कम्पनीका निर्माण ब्यबसायीले  जिल्लामा काम गर्ने आफ्नाे मजदुरलाई संकटको बेला खाना खान चामल दाल नुन तेल  र ३० हजार रूपैयाँ नगद दिएका छन् ।

देश लकडाउन भएपछि  १४ जना मजदुर अलपत्र परेका थिए संचार माध्यममा खबर आएपछि रकम र रासन पाएकाे  प्रेम बहादुर शाहीले बताए ।असाेज देखि खानेपानी आयाेजनामा काम गर्दै आएका मजदुरले अहिलेसम्म काम गरेको पारिश्रमिक समेत पाउन नसकेको गुनासो अाएपछि तत्कालकाे लागि थाेरै भएपनि राहत मिलेको  शाहीले बताए  ।अहिले घर जाने अबस्था पनि छैन काम गर्ने अबस्था पनि छैन कम्पनीले दुखकाे बेलामा बेवास्ता गरेपछि पत्रकार गुहारेपछि मात्र समाधान भएको उनलेे बताए ।

काेराेनाकाे कारणले अहिले काम गर्ने वातावरण नभएको हुदा समस्या आएकाे हाे आफ्नाे साइडमा काम गर्ने मजदुरलाई खाना खुवाउने ब्यबस्था मिलाउने जयमाता कन्काइ जेबी निर्माण कम्पनीका गाैतम भुसालले बताएका थिए  ।

दैनिक राेजगारी गरेर खाने मजदुरकाे यतिबेला काम बन्द भएपछि बिहान बेलुकी खान समेत मुश्किल भएको छ ।

बागलुङ नगरपालिका भित्र खानेपानी अपुग भएको भन्दै बागलुङको काँठेखाेलाकाे कैलम पाेखरी बाट लिफ्टिङ गरेर खानेपानी ल्याएर उपभोक्ता लाई खुवाउने योजना नगर खानेपानी तथा सरसफाइमा उपभोक्ता समितिले बनाएको छ ।अहिले काेराेनाकाे कारणले अायाेजनाकाे सबै काम ठप्प हुन पुगेको छ । काेराेनाकाे कारणले योजना केही समय लम्बिने देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width