पोखरा, १५ चैत ।पोखरा महानगरपालिका वडा नम्बर ४ मा लकडाउनको समयमा वडाबासीलाई दैनिक उपभोग्य बस्तु खाद्यान्न लगायतलाई सहज रुपमा उपलब्ध गराउन वडाले पहल थालेको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाको अध्यक्षतमा शनिबार बसेको बैठकले वडा नम्बर ४ मा रहेका खाद्य स्टोर्सहरु गोपालजी, विनायक, मुनाल, सेलवेज र पोखरा ग्रोसरी स्टोर्समा समन्वय गरी वडावासीलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।
भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण संकलन गर्नका लागि ४ जना वडा सदस्य र वडा सचिवलाई भेग मिलाएर जिम्मेवारी दिइएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । उनले वडा नम्बर ४ मा अहिले सम्म ५ जना विदेशबाट आएको विवरण संकलन भएको र उनीहरुको अवस्था हेरी क्वारेन्टाइनमा राख्नको लागि वडाले पहल गर्ने बास्तोलाले बताए ।
यसैबीच वडा नम्बर ४, ८ र ९ मा दैनिक उपभोग्य बस्तुलाई सहज बनाउन गठित खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अव्यवस्थित बस्ती तथा दैनिक ज्यालादारी गरी बस्ने समुदायमा खाद्यान्नलाई सहज रुपमा उपलब्ध गराउनेको लागि पहल गर्ने निर्णय गरेको छ । खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक शंकर बास्तोलाको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित निकायसँगको समन्वयमा ग्यास आपूर्तिलाई पनि सहज बनाउने निर्णय गरेको छ ।
वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वको समितिमा वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल र ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्याल कास्कीका प्रतिनिधि र स्वास्थ्य महाशाखाका राजेन्द्र रेग्मी सदस्य रहेका छन् ।
Related News
सम्बन्धित समाचार
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
लाङ्दी तमु समाजमा बालकृष्ण
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र
पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७