महानगरलाई इलेक्ट्रिक स्प्रे हस्तान्तरण

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
spre 12-15

पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्प्रे ट्यांक हस्तान्तरण गरेको छ । पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई सघाउन संस्थाले १० वटा इलेक्ट्रिक स्प्रे हस्तान्तरण गरेको हो ।

सहकारीका मेनेजर सुशील बानियाले पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीलाई शनिबार हस्तान्तरण गरेका हुन् । एक घण्टा चार्ज गरेपछि १० घण्टासम्म उक्त स्पेले काम गर्ने बानियाले बताए । कोरोनाको संक्रमण फैलिन नदिन महानगरले थालेको अभियानलाई सघाउनको लागि उक्त स्पे हस्तान्तरण गरेको बानियाले बताए ।

हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विषम परिस्थितिमा आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा अनुरोध गर्दै सहकारीले स्प्रे सहयोग गरेकोमा आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width