लकडाउनको मौका छोपी लुट्न खोज्ने दुई जना पक्राउ

रामकुमार श्रेष्ठ
चैत्र १५, २०७६
custody

Representative Image

नवलपरासी, १५ चैत्र । लडडाउनको मौका छोपी लुड्न खोज्ने दुई जनालाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको मौका छोपेर रातीको समय लुट्न बसेका सुस्ता ४ नर्सहीको जर्लैयाका दुई जना युवकलाई गएरातिको समय करिब १२ बजे तिर ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो । नियन्त्रण पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका छन् ।

पक्राउ परेका गुरुङ्गहरुले राती १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुरले डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर धम्काएको अशोक ठाकुरले बताए ।

आफुहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेपछि प्रहरीले उनीहरुले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । पक्राउ परेका दुबै गुरुङ्गलाई ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width