धनकुटामा खाद्यान्न आपुर्ती सहज गरिने

विजय राई
चैत्र १४, २०७६
cdo 0ffice

धनकुटा १४ चैत्र । धनकुटामा दैनिक उपभोग्य समाग्रीहरुको आपुर्ती व्यवस्थित गर्न आज धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी विच जिल्ला प्रशासन कार्यालय धनकुटामा छलफल भएको छ ।

दैनिक उपभोग्य समाग्रीहरु आर्यात गर्नका लागी ढुवानी गर्ने कार्यलाई व्यस्थित गर्नका लागी खाद्यान्न बोकाका सावारीसाधनहरुलाई निर्वाध रुपमा संचालन गर्न दिने र किराना,औषधी लगायतका दैनिक उपभोग्य समाग्रीहरुका पसल खुल्ला गरी विक्रि वितरण गर्नका लागी सवैले सहयोग गर्ने लगायतका विभिन्न विषयमा छलफल भएको हो ।

धनकुटामा ग्यास,पेट्रोलिय पर्दाथ ,औषधी लगायत अति आवाश्यक दैनिक उपभोग्य वस्तुहरुको आपुर्तीमा विशेष ध्यान दिई सहज रुपमा उपलब्ध गराउन आवश्यक व्यवस्था समेत गर्ने भएको छ ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्ग लगायतका पदाधिकारीहरुले जिल्ला खाद्यान्न आपुर्तीका व्यवस्था लगायत विद्धमान खाद्यान्न लगायत दैनिक उपभोग्य समाग्रीहरुको अवस्थाको वारेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमली र जिल्ला प्रशासन कार्यालय धनकुटका सूचना अधिकारी जयराम श्रेष्ठलाई जानकारी गराउदै उहाँहरुसँग छलफल गर्नु भएको थियो ।

उहाहरुसँग धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीहरुले दैनिक उपभोग्य समाग्रीहरु लगायतका वस्तुहरु सहज रुपमा ढुवानी गर्न र विक्रि वितरणका लागी सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघले पनि यस विपतको घडीमा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

दैनिक उपभोग्य समाग्री तथा वस्तुहरु,तरकारी,दुध लगायत अति आवाश्यक वस्तुहरु बोकेका मालवहाक सवारी साधनहरुलाई निर्वाद रुपमा आवात जावत गर्न दिने व्यवस्था गरिएको सो अवसरमा स्थानीय प्रशासनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width