पोमनपा वडा ८ का जनप्रतिनिधीद्वारा घरभाडामा पचास प्रतिशत छुट

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
woda meeting

पोमनपा वडा ८ का जनप्रतिनिधीले चैत्र महिनाको घरभाडामा पचास प्रतिशत छुट दिने निर्णय गरेका छन् । कोरोनाको संक्रमणसंगै व्यापार व्यवसाय ठप्प भएको भन्दै वडाका प्रतिनिधीहरुले आ–आफ्नों घरमा भाडामा बस्नेहरुलाई उक्त छुट दिने निर्णय गरेका हुन् । वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गर्दै वडावासीलाई समेत आ–आफ्नों घरमा भाडामा बसेकाहरुलाई सक्दो छुट दिन आग्रह समेत गरेको छ ।

यसरि छुट दिने रकममा वडाध्यक्ष बरालले २९ हजार, वडासदस्य कृष्णमान ठूसाजुले ३६ हजार, सदस्य पुष्पराज सिग्देलले २१ हजार तथा वडा सदस्यद्वय किरण गौतम र लक्ष्मी कौशलले १०/१० हजार छुट दिनेछन् ।

वडामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको सहज विक्री वितरणको व्यवस्था मिलाउन वडासदस्य कृष्णमान ठूसाजु र किरण गौतमलाई सृजनाचोकदेखि उत्तरतर्फ तथा पुष्पराज सिग्देल र लक्ष्मी कौशललाई दक्षिणतर्फको जिम्मेवारी सुम्पिएको छ । वडाध्यक्ष बरालले अनुगमन गर्नेछन् ।

यसैविच वडा नम्बर ८ ले कोरोनाको संक्रमणबाट जोगिन वडा प्रहरी कार्यालय बैदाम, सिद्धार्थ क्लव, प्रहरी विट सृजनाचोक लगायतलाई माक्स, पञ्जा, ह्याण्डीप्लाष्ट, डिसिफिसेण्ट साबुन लगायत वितरण गरेको छ । २८ हजार रुपैयाँ बराबरको सो सामग्री शुक्रबारनै एक समारोहका विच सिमलचौरस्थित शन्देस साइन्स हाउसका प्रोपाइटर भरतराज सिग्देलले वडाध्यक्ष बराललाई हस्तान्तरण गरेका थिए । सहयोग सामग्री बुझ्दै वडाध्यक्ष बरालले मानव स्वास्थ्यमा देखिएको अत्यन्तै संवेदनशिल समयमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width