क्रिकेटर सन्दीपले कोरोना राहत कोषलाई १ लाख सहयोग गरे

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
Sandeep

पोखरा ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’ भन्दै सबै जना सुरक्षित रहन अग्रह समेत गरेका छन् ।

सन्दीप सामाजिक कार्यमा पनि अगाडि सरेको देखिन्छ । उनले यो भन्दा अगाडि पनि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग गरेका थिए ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि चैत ११ देखि १८ गते सम्म लकडाउनका घोषणा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width