कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

रासस
चैत्र १४, २०७६
hymalian-bank

काठमाडौँ, १४ चैत । हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width