स्वास्थ्य सामाग्री प्रदान

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६

पोखरा, १४ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट मानवीय क्षति रोकथामका निमित्त पूर्व तयारी स्वरूप उक्त रोगको जोखिमबाट जोगिनका लागि पोखरा ८ सिमलचौरमा रहेको सन्देश साईन्स हाउसद्वारा वडा कार्यलय पोखरा ८ लाई रू २८ हजार बराबरको स्वास्थ्य सामाग्रीको बिरतरण गरेको छ ।

यसरी वितरण भएका सामग्रीहरूमा , सर्जिकल पञ्जा , डिसिफिकेनट साबुन, हेन्डी प्लास्ट,क्याप आदि रोकथाम सामानहरू पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराललाई साईन्स हाउसका सञ्चालक भरतराज सिग्देलले हस्तान्तरण गरेका थिए ।वडा सदस्य पुष्पराज सिग्देल, नेपाल प्रहरीका प्रतिनिधि,समेतको उपस्थिति रहेको थियो । सिग्देल लायनस क्लब अफ पोखरा आदर्श चौतारीका वर्तमान अध्यक्ष रही विभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् ।

हाम्रो सुझाव