लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
pokhara spre 3

पोखरा, १४ चैत । कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

बिहीबार महानगरको न्यूरोेडस्थित कार्यालयबाट किटनासक औषधि छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै सहिदचोक सम्मको सडकमा किटनासक औषधि छर्केको हो । लेकसाइड क्षेत्रमा किटनासक औषधि छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधिछरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधि छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा पनि औषधि छरिएको थियो । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँहरुमा किटनासक औषधि छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधि छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width