कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु

रासस
चैत्र १४, २०७६
5b725d2d733a49da94e3d480ab1ac714_18
  •  कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु ।
  • विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित।
  • कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु,स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु । 

जेनेभा, १४ चैत । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन्

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु भएको छ । हाल ८० हजार ५८९ जना सङक्रमित रहेका छन् । दश हजार ६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७८६ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार सात हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार २३४ जनाको मृत्यु भएको छ । हाल २९ हजार ४०६ जना सङक्रमित रहेका छन् । दश हजार ४्र५७ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ । हाल ४३ हजार ९३८ जना सङक्रमित रहेका छन् । यसैबीच पाँच हजार ६७३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३०० जनाको मृत्यु भएको छ । हाल ८५ हजार ५९४ जना सङक्रमित भने १ हजार ८६८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण एक हजार ६९६ जनाको मृत्यु भएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार २९ हजार १५५ सङ्क्रमित रहेका छन् भने चार हजार ९४८ उपचारपछि घर फर्किएका छन् ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३२३ जना सङक्रमित रहेका छन् । यसैबीच तीन हजार ५४७ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३९ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ३३२ सङ्क्रमित भएका छन् । चार हजार ५५८ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १९२ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ८११ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ५७८ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ६५८ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३४ व्यक्तिको मृत्यु भएको छ । सात हजार ४३१ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ४९ व्यक्तिको मृत्यु भएको छ । छ हजार ९०९ सङ्क्रमित भएका छन् । यसैबीच ११२ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण २२० व्यक्तिको मृत्यु भएको छ । छ हजार ९३७ सङ्क्रमित भएका छन् । यसैबीच ६७५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ३७२ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा १३, ब्राजिलमा ७७, स्वेडेनमा ७७, पोर्चुगलमा ६०, क्यानाडामा ३९ , डेनमार्कमा ४१, मलेसियामा २४, आयरल्याण्डमा १९, पोल्याण्डमा १६ , ग्रीसमा २७, इन्डोनेसियामा ७८, फिलिपिन्समा ४५, हङकङमा ४, इराकमा ३६, अल्जेरियामा २५ , भारतमा २०, पाकिस्तानमा ९, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ८, इजिप्टमा २४, पानामामा ९, अर्जे्न्टिनामा १२, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ११, अफगानिस्तानमा ४ , नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । सङ्क्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width