बराल परिवारमा शोक

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६

पोखरा, १४ चैत । पोखरा–७ मासवार स्थित बराल परिवारमा शोक परेको छ । युवा समाजसेवी महेन्द्र बरालको विहीबार साँझ निधन भएको हो । ४१ वर्षीय बराल विगत २ वर्षदेखि अर्वुदरोगबाट पीडित थिए ।

व्यवसायीका रुपमा पनि चिनिएका उनी नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेका थिए । स्वर्गीय बरालको शुक्रवार पोखराको शान्तिघाट स्थित सेती नदीमा दाहसंस्कार भयो । स्व. बरालका पितामाता, श्रीमती, दुई छोरा, एक भाई र दुई वहिनी रहेका छन् ।