रामकुमार श्रेष्ठ-नवलपरासी, १४ चैत्र । सरकारले कोरोनाबाट बच्नका लागि लकडाउन गरेपछि त्यसको प्रभाव गाउँगाउँमा समेत परेको छ । कतिपय घर भित्रै बसेका छन् त कतिपयले लडडाउनको उल्लंघन गरेर चौरमा क्रिकेट खेल्ने, युवाहरु जम्मा भएर गाउँमा डुल्ने गरेका छन् ।
त्यसैगरी लकडाउन सफल पार्ने बाहानामा कतै गाउँमा अपरिचितलाई प्रवेश निषेध गरेका छन् त कतै एम्बुलेन्स समेत आउन नमिल्ने गरी बाटो बन्द गरिदिएका छन् । नवलपुरका अधिकांश स्थानमा अलिहे स्थानीय आफैले बाटो बन्द गरेका छन् तर प्रशासन भने वेखबर रहेको छ ।यसरी बाटो अवरुद्ध गर्दा एम्बुलेन्स विरामी लिन जान समस्या हुने गरेको र कतिपय एम्बुलेन्सहरु बीचबाटाबाटै फर्किएको आफूले पाएको कावासोतीका पत्रकार नारायण पंगेनीले बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बाटो अवरुद्ध गरेर कानुन आफ्नो हातमा लिने काम गलत भएको भन्दै त्यसो भएको पाइए आफूले हदैसम्मको कारवाही गर्ने बताए ।कतै केही अप्ठेरो परे प्रहरी प्रशासनलाई खबर गर्ने हो । उच्छ्रिंखल गतिविधि हुने गरी कानुन आफ्नो हातमा लिने होइन । – उनले भने – कही कतै त्यस्तो गरेको खबर पाए हामी बाटोको अवरोध तुरुन्त हटाउने छौं ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एपी दीपक रेग्मीले आफूहरुले यस विषयमा जानकारी पाएपछि अवरुद्ध बाटो हटाउनका लागि पहल गरेको बताए । रेग्मीले भने – यो बेला सबैले सामाजिक सद्भाग र सामाजिक दुरी कायम गर्ने बेला हो । बन्द हड्तालमा जस्तो बाटो अवरुद्ध गर्न पाइदैन । अत्यावश्यक काममा समेत यसले अप्ठेरो पार्न सक्छ ।कतिपय गाउँमा अहिले युवाहरु जम्मा हुने र बन्द हड्ताल गरे जस्तो गरी बाटोमा अवरोध राखेर अत्यावश्यक काममा समेत हिडडुल गर्न नमिल्नेगरी बल प्रयोग गरेर अवरोध सिर्जना गरेका छन् ।कतिपय ठाउँमा सोही विषयले झडप समेत हुन थालेको छ ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७