कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (WHO) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् ।
डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल वा कुइनोले मुख ढाक्ने, सामाजिक दूरी कायम राख्ने, सधैँजसो मास्कको प्रयोग गर्ने तथा स्यानिटाइजरको भरपुर उपयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ ।
डब्लुएचओले महामारी रोग नियन्त्रण शाखाकी प्रमुख वेनिदेत्ता एलिग्रेन्जिले सन् २०२० मार्च १८ को अन्तिम दिन उक्त विषयमा सार्वनिक भनाइ व्यक्त गर्दै गर्दा विश्वका १६४ देशमा महामारी फैलिसकेको थियो ।
वल्र्डमिटरले मार्च २७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण १९९ देशका पाँच लाख ३१ भन्दा बढीमा फैलिसकेको, २४ हजार माथिको मृत्यु र एक लाख २३ हजार उपचारपछि घर फर्किसकेका उल्लेख छ । नयाँ सङ्क्रमणको अवस्था तीन लाख ८४ हजार १७४ मा फैलिएको छ । तीन लाख ६४ हजार ६१६ को अवस्था सामान्य छ । १९ हजार ५५८ को अवस्था चिन्ताजनक रहेको तथ्याङ्कमा उल्लेख छ ।
देश | संक्रमित संख्या | मृत्यु | निकाे भैसकेकाे संख्या |
USA | 85,594 | 1,300 | 1,868 |
China | 81,340 | 3,292 | 74,588 |
Italy | 80,589 | 8,215 | 10,361 |
Spain | 57,786 | 4,365 | 7,015 |
Germany | 43,938 | 267 | 5,673 |
Iran | 29,406 | 2,234 | 10,457 |
France | 29,155 | 1,696 | 4,948 |
Switzerland | 11,811 | 192 | 131 |
UK | 11,658 | 578 | 135 |
S. Korea | 9,332 | 139 | 4,528 |
Netherlands | 7,431 | 434 | 3 |
Austria | 6,909 | 49 | 112 |
Belgium | 6,235 | 220 | 675 |
Canada | 4,043 | 39 | 228 |
Turkey | 3,629 | 75 | 26 |
Portugal | 3,544 | 60 | 43 |
Norway | 3,372 | 14 | 6 |
Australia | 3,050 | 13 | 170 |
Brazil | 2,985 | 77 | 6 |
Sweden | 2,840 | 77 | 16 |
Israel | 2,693 | 8 | 68 |
Malaysia | 2,031 | 24 | 215 |
वल्र्डमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दै आएको छ ।
कोरोनो भाइरस देखिएको ८८ दिनसम्म आइपुग्दा सबैभन्दा धेरै मानिसको सङ्क्रमण अमेरिकामा देखिएको छ । आजका दिनसम्म पुग्दा अमेरिकामा सङ्क्रमण हुनेको सङ्ख्या ८५ हजार ३७७ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिनसक्ने चेतावनी दिएको थियो । तर उसले सम्पूर्ण राज्य नै लकडाउन नगरेका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् । मार्च २७ तारिखमा मात्र अमेरिकामा थप १७ हजार १६६ मा नयाँ सङ्क्रमण फैलिएको दाबी गरिएको छ । सोही दिन अमेरिकापछि स्पेनमा आठ हजार २७१, जर्मनीमा छ हजार ६१५, इटालीमा छ हजार २०३, फ्रान्समा तीन हजार ९२२, इरानमा दुई हजार ३८९, बेलायतमा दुई हजार १२९, स्वीटजरल्याण्डमा ९१४, दक्षिण कोरियामा १०४ र चीनमा जम्मा ५५ व्यक्तिमा नयाँ सङ्क्रमण देखिएको छ ।
अहिले यतिखेर विश्वका करोडौँ मानिस कोरोना भाइरसबाट जोगिन घरभित्र क्वारेन्टाइनमा सुरक्षित छन् । विश्व स्वास्थ्य सङ्गठनले भनेअनुसार सबै मानिसले घरभित्र आ–आफैंले तोकिएको स्वास्थ्य सुरक्षा विधि अपनाउने हो भने कोरोना भाइरस क्रमशः नियन्त्रणमा आउने दाबी गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७