पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए ।
मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका छन् ।
महानगरमा पहिलो चरणमा १ सय लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम सुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य स्थानमा किटनासक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए । उनले विशेष गरी यो किटनासक औषधी अस्पताल र सार्वजनिक स्थल जहाँ भीडभाड बढी हुन्छ त्यहाँ छर्किने बताए ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७