नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

Avatar एजेन्सी
चैत्र १३, २०७६
ICC Cricket

कोरोना भाइरसका कारण आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आइसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।

कोरोनाका कारण आइसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं चरणको सिरिज अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा हुने तय भएको थियो । जसमा नेपाल, नामिबिया र स्कटल्याण्डले खेल्ने उल्लेख थियो ।

नामिबियामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यसअघि स्कटल्याण्ड क्रिकेट संघले सिरिज सार्नका लागि पत्राचार गरेको थियो । प्रायः सबै देशले यात्रु आवतजावत गर्न बन्द गरेको अवस्थामा सिरिज सार्नुपर्ने भन्दै स्कटल्याण्ड क्रिकेट संघले स्थगित गर्न माग गरेको थियो ।

हालका लागि स्थगित भएको यो सिरिज आगामी सेप्टेम्बरमा हुने आइसीसीले जनाएको छ । खेलको मिति भने तय गरेको छैन । यो प्रतियोगितामा नेपालले मात्र ४ खेल खेलेको छ । जसमा २ जित र २ हार ब्यहोरेको छ । लिगको शीर्ष स्थानमा ओमान रहेको छ । आइसीसीले यसअघि छौटो चरणको सिरिज पनि स्थगित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • आहा ! फुटबलमा दर्शक

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र ३०, २०७७
      पोखरा । संकटाको सपोर्ट गर्दै शनिबार पोखरा रंगशाला पुगेका पोखरा बगरका विनोद क्षेत्री निकै खुसी थिए । पोहोरसालको लकडाउनअघि पोखरा…
    • सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।…
    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…
    • अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई…
    • सहारा अक्षयकोषमा सहयोग

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । १९ औं आहा रारा गोल्ड…

    hero news full width

    sanil ads

    wordlink ads