पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेले जानकारी दिए ।
उनका अनुसार वडामा तेस्रो मुलुक तथा भारतबाट आएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विवरणसहितको अभिलेख हरेक दिन अध्यावधिक गरी पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखमा पठाउने र यसका लागि हरेक टोलमा टोल विकास संस्थाका प्रतिनिधिको सहयोगमा विवरण संकलनको व्यवस्था मिलाउने वडालाई मेलमार्फत् पत्र पठाइएको छ ।
वडामा रहेका खाद्य सप्लायर्सबाट खुद्रा किराना पसलमा सामग्री ढुवानीको व्यवस्था मिलाउन र खुद्रा किराना पसलमा सामान खरिद गर्दा सामाजिक दुरी कायम हुने (भीडभाड नगर्ने) गरी व्यवस्था मिलाउन वडालाई महानगरले भनेको छ । वडामा क्वारेन्टाइन व्यवस्थापन गर्न सम्भावित स्थानको पहिचान गर्न पनि समन्वय समितिलाई भनिएको पौडेलले बताए । कोरोना रोकथाम तथा न्यूनीरकणका लागि आवश्यक काम गर्न हरेक वडालाई ५० हजार उपलब्ध गराउने निर्णय भएको पौडेलले जानकारी दिए ।
महानगरका प्रमुख जिसीको अध्यक्षतमा बसेको बैठकले विभिन्न वडा र भेग समेटेर ५ वटा खाद्यान्न तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेल संयोजकत्वमा वडा नम्बर २६ देखि ३३ सम्मका वडा अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ र शिशुवा अस्पताल, डाँडाकोनाक प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी समिति बनाइएको छ । त्यसैगरी वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)को संयोजकत्वमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजार प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य रहेको समिति बनाइएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुको संयोजकत्वमा वडा नम्बर १, २, १९, २५ का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय बगरका प्रतिनिधि र स्वास्थ्य महाशाखाका फूलदेव तिमिल्सिना सदस्य रहेको समिति बनाइएको छ । वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वको समितिमा वडा नम्बर ८ र ९ का अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्याल कास्कीका प्रतिनिधि र स्वास्थ्य महाशाखाका राजेन्द्र रेग्मी सदस्य रहेका छन् ।
वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर २१, २२ का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ र छोरेपाटन प्रहरी चौकाका प्रतिनिधि र स्वास्थ्य महाशाखका सुजाता पोखरेल सदस्य रहेको खाद्यान्न तथा स्थानीय व्यवस्थन समिति बनाइएको हो । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीको संयोजकत्वमा गठित समितिमा ६, ७, १८, २३ र २४ का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय बैदामका प्रतिनिधि र स्वास्थ्य महाशाखाका दीपेन्द्र सुनार सदस्य छन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा स्वास्थ्य महाशाखाका अर्जुन क्षेत्री सदस्य रहने गरी एम्बुलेन्स व्यवस्थापन समिति गठन गरिएको छ । यसअघि वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल संयोजक र सदस्य महानगरका अधिकृत किरणप्रसाद कोइराला सदस्य रहेको क्वारेन्टाइन व्यवस्थापन समिति बनाइएको थियो ।
यसैबीच पोखरा महानगरपालिका खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा कर्मचारीले सहयोगको घोषणा गरेका छन् । पोखरा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी मध्ये श्रेणी विहीन कर्मचारीबाट जनही १ हजार र अन्य शिक्षक, स्वास्थ्यकर्मी लगायत सबै कर्मचारीले कोषमा जनही २ हजार सहयोगको घोषणा गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१