व्यवसायीको गुनासो सुन्न हेल्प डेस्कको सुरुवात

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७६
1hello chamber

कोरोना भाइरस कोभिड १९को कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नको लागि पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्कको सुरुवात गरेको छ ।

पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधी, खाद्यान्य लगायतका दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमा बजार आपुर्तीको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षा र सरकारसंग समन्वय गरिेने बताए ।

उनले ‘संगै अगाडी बढाैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोल फ्रि नम्बरमा फोन गर्दा पैसा नलाग्ने बताए । उनले हेल्प डेस्कमा चेम्बरका पदाधिकारी सदस्यहरु हरेक दिन विहान ११ देखि ३ बजेसम्म बसेर गुनासो सुनेर सम्बोधनको व्यवस्था मिलाएको उल्लेख गरे । ‘कोरोना भाइरस कोभिड १९लाई थप सक्रमण हुन नदिन नेपाल सरकारले लकडाउन गरे पछि कास्कीमा बजार आपुर्ती व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने छाैं,’अध्यक्ष सुनारले भने, ‘माक्स सेनेटाइजर, साबुन एलपी ग्यासको सहज आपुर्तीका लागि समेत सहजीकरण गरिने छ ।’

अध्यक्ष सुनारले चेम्बरमा उपलब्ध हुने माक्स स्वास्थ्य संस्थाहरुलाई पहिलो प्राथमिकताका आधारमा प्रदान गरिने बताए । पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतका पोखरा महानगरका ८ इकाईहरुले व्यवस्थापन गरेको माक्स दोश्रो चरणमा आम नागरिकलाई निशुल्क रुपमा वितरण गर्ने जनाए ।

चेम्बर अफ कमर्स कास्कीले सहज आपुर्ती व्यवस्थापनको लागि कहि कतै कुनै सिकायत र समस्या भएमा र कोरोना भाइरसको सक्रमण रोकथामको लागि पहल र सहजीकरणको लागि चेम्बरको तर्फबाट बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्च स्तरीय समन्व समिति समेत गठन गरेको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष सुनारले चेम्बरका यातायात विभागका प्रमुख मनोज रसाइलीले पोखरा भित्र अति आवश्यक सामान ढुवानीको लागि निशुल्क रुपमा ४ वटा गाडीको व्यवस्था गरेको बताए ।

Related News

सम्बन्धित समाचार

    • सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सहरी…
    • Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पोखरा ।  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बालुवाटारमा सोमबार बिहान…
    • मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । कोरोना नियन्त्रण र समसामयिक वियषका बारेमा निर्णय गर्न  मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ। आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण…
    • आज र भोलि देशभर भिटामिन ए खुवाइँदै

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…

    hero news full width

    sanil ads

    wordlink ads