खाध्यान्न र तरकारी पसल ब्यबस्थित

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७६

राजेशचन्द्र राजभण्डारी, बागलुङ, चैत १३ । लक डाउनकाे कारणले पसल बन्द भए पछि आम उपभोक्ताले दैनिक उपभाेग्य बस्तु किन्न नपाएको गुनासो आएपछि बागलुङ उद्योग बाणिज्य संघ र  प्रहरी प्रशासनकाे सक्रियतामा काेराेना भाइरसकाे जाेखीम बाट बचेर सामान खरिदबिक्री गर्ने ब्यबस्थापन गरेको छ ।

बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमित नेपालमा देखापरे पछि सरकारले देश लक डाउन गरेपछि दैनिक रूपमा चाहिने चामल दाल तरकारी नुन तेल दूध लगायतका अति आबश्यक पर्ने बस्तु खरिदबिक्री गर्ने ब्यबस्थापन गरेको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।

देश पुरै लक डाउनमा गएको बेला आम उपभोक्ता लाई बिहान बेलुकी खानकाे लागि चाहिने खाध्य सामग्री अहिले काेराेनाकाे संक्रमणकाे बेला सुरक्षित रूपमा खरिदबिक्री गर्ने नयाँ प्रवन्ध मिलाएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताए ।

बागलुङ बजारको प्रमुख चाेक चाेकमा रहेका पसल अगाडि घेराबन्दी गरेर त्यहीँ घेरामा उभिएर सामान खरिदबिक्री गर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।

काेराेनाकाे डर त्रासको कारणले बागलुङ बजारका सबै पसलहरू बन्द भए पछि प्रहरी प्रशासनले जनताको सुविधाको लागि पसल ब्यबस्थित रूपमा खाेल्ने ब्यबस्था मिलाएको छ । काेराेनाकाे डर त्रासको कारणले यतिबेला सदरमुकाममा गाउँ गाउँ बाट तरकारी फलफूल दूध घ्यू लगायतका दैनिक उपभाेग्य बस्तु बिक्रीवितरण गर्न कृषकले ढुवानी नगरेपछि  बजारमा तरकारी महंगो हुन पुगेको छ ।

सदरमुकाम सटर भाडामा लिएर व्यापार गर्ने ब्यबसायीहरू समेत घर घरमा फर्किए पछि दैनिक खाध्यान्न लगायतका बस्तु अभाव हुने देखिन्छ ।