कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आर्थिक सहयोग

एजेन्सी
चैत्र १२, २०७६
Cristiano Ronaldo

पोर्चुगल तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई १ मिलियन युरो सहयोग गरेका हुन् ।

उनीहरुको सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिद गरिने समाचार छ । कोरोना भाइरसले हाल युरोपमा महामारीको रुप लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width