गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७६
28056230_2009880515712570_1406565398516714845_n

गण्डकी प्रदेश सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि रु १५ करोडको कोष स्थापना गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोलेर सो कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो । सो कोषमा सातै जना मन्त्रिहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको र प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा सङ्घ संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।

सरकारले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्सीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहनुभएको छ ।

सरकारका प्रवक्ता बस्नेतले आजदेखीनै सबै कामहरु सो समितिअन्तर्गत हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न रु पाँच लाख उपलव्ध गराउने भएको छ । यसअघि सबै जिल्ला अस्पताललाई रु पाँच लाख पठाइएकामा थप रकम निकासा गर्ने निर्णय बैठकले लिएको सरकारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width