जलविद्युत आयोजनामा काम गर्ने भारतीय युवकलाई कोरोना आशंका

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७६
lock

लमजुङ । लमजुङको एक निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत भारतीय कामदारलाई कोरोना भाइरस अर्थात् कोभिड– १९ को संक्रमण भएको आशंका गरिएको छ । उनी छिमेकी मित्र राष्ट्र भारतमा होली मनाएर लमजुङ फर्किएका हुन् ।

उनको स्थायी बसोबास बिहार राज्यको सिपोलमा रहेको २४ बर्षीय युवक भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनलाई कोरोना संक्रमणमको आशंका गरि थप उपाचारका लागि काठमाडौंको टुकु अस्पतालका लागि रिफर गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रजिअ काजीमान सुनारले बताए । उनका अनुसार ती युवक दोर्दी करिडोरमा निर्माणधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा कार्यरत रहेको बुझिएको छ ।

ती युवकलाई एक्कासी ज्वरो आएपछि आयोजनास्थलमै सामान्य औषधी खाएर बसेका थिए । सोमबार ज्वरो बढ्दै गएपछि मंगलबार बिहानै ती युवकलाई एम्बुलेन्समार्फत बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पताल ल्याइएको थियो ।

जिल्ला अस्पतालमा ल्याइएका उनलाई आइसोलेशनमा राखेर जाँच गर्दा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, छातिमा संक्रमण भएको जस्ता कोरोना भाइरस संक्रमणसंग मिल्दाजुल्दा लक्षण देखिन आएका कारण थप उपचारका लागि काठमाडौंं रिफर गरिएको छ । उनी टेकु अस्पतालमा पुगेर भर्ना भएर उनको स्वास्थ्य परीक्षको क्रम शुरु भएको जानकारी प्राप्त भएको सप्रजिअ सुनारले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width