पोखरा, १२ चैत । व्यावसायिक समूह लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
गु्रपले विज्ञप्ति जारी गर्दै कोषमा विश्व महामारीविरुद्ध लड्न उक्त रकम राख्ने र फिभर क्लिक स्थापनाका लागि पनि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्मी ग्रुप देशको एक अग्राणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोडको आर्थिक सहयोग गर्ने घोषणा गर्दछ ।’यसले कोरोना संक्रमण रोक्न सहयोग पुग्ने पनि आशा गरेको लक्ष्मी ग्रुपले जनाएको छ। यसका साथै गु्रपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहल सुरु गरेको छ।
यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउनेछ । हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने ग्रुपले जनाएको छ। यस क्लिनिकमार्फत सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्नेछ।खासगरी पछिल्ला १४ दिनमा विदेशमा रहेका, कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुनसक्ने, सम्भावित लक्षणहरु ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको जस्ता लक्षणहरु देखिएका व्यक्तिले यसबाट सेवा पाउनेछन्। ग्रुपले यसअघि पनि परोपकारी कामहरु गर्दै आएको थियो।
Related News
सम्बन्धित समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७