जाजरकोट, १२ चैत । कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकलाई समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको चिकित्सकको भनाइ छ ।
स्वास्थ्य संस्थामा आउने बिरामीलाई मास्कमात्रै लगाएर चिकित्सकले जाँच गरिरहेको डा भूपेन्द्रप्रकाश मल्लले बताए । “कस्तोखालको बिरामी हो ? के हो ? भन्ने यकिन थाहा पाउनका लागि शुरुमा हामी पहिला सुरक्षित हुनुपर्ने हुन्छ तर हामीसँग सुरक्षाको कुनै पनि साधन छैन”, डा मल्लले भने । कोरोना मात्र नभएर अन्य सङ्क्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पिपिईबिना सुरक्षित नहुने भए पनि ती सामग्री नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिई लगाएर मात्र उपचारमा खटिनु पर्छ । पिपिईले कपालदेखि पैतालासम्म छेक्ने भएकाले भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोकिने चिकित्सकको भनाइ छ ।
जाजरकोट जिल्ला अस्पतालमा कोभिडका बिरामी राख्न तयार भएको आइसोलशनमा पिपिई नहुँदा सङ्क्रमित बिरामी आएमा कसरी उपचार गर्ने समस्या रहेको छ । अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धर्म्शिला बस्नेतले भने “श्यया छुट्याऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ तर सुरक्षा सामग्री दिइएको छैन, सयौँको सङ्ख्यामा बिरामी आए भने हामीसँग स्रोत, साधनबिना कसरी उपचार गर्ने ?” भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भने, “हामीसँग पैसा छ, किन्नका लागि सामग्री छैन ।” त्यस्तै टाढैबाट ज्वरो नाप्नका लागि चाहिने उपकरण नहुँदा अर्को समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने “आरआर गन, थर्मल गन ल्याउने कामका लागि पहल भइरहेको छ, जुनिचाँदे गाउँपालिकामा औषधि कम भएकाले औषधि खरिदका लागि सबै ठाउँमा सम्पर्क बढाएको छ ।”
विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ भने भारतबाट आएकाको खोजी कार्य जारी रहेको जुनिचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए । सोमबार नेपालगञ्ज बहुमुखी क्याम्पसबाट क्वारेन्टाइन तोडफोड गरी भागेर जाजरकोट आएका भेरी नगरपालिका–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लिले खड्का र परवीर महतारालाई जाँच गरी सुरक्षित ठाउँमाखिएको प्रजिअ पन्तले जानकारी दिए । जिल्लामा खाना पकाउने ग्यासको अभाव हुन नदिन व्यापारीलाई नेपालगञ्ज पठाएको उनले बताए । सरकारले घोषणा गरेको ‘लक डाउन’ पूरै पालन भएको प्रजिअको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८