बागलुङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित भेटिएका छैनन्

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७६
Dhaulagiri_Hospital

बागलुङ, १२ चैत । कोरोना भाइरसको दोस्रो संक्रमित बिरामीको काठमाडौमा उपचार हुदै गर्दा उनीसंग कतार एअरवेजबाट संगै आएका बागलुङका ४ जना यात्रुको पहिचान खुलेको छ ।

सरकारले काठमाडौ टेकुमा उपचारको लागि आएका एकजना युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीसंगै आएका यात्रुको खोजी गर्दा बागलुङमा ४ जना भेटिएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ का एकजना वडा नम्बर ४ का एकजना बागलुङ नगरपालिका वडा नम्बर १२ का एकजना र ढोरपाटन नगरपालिकाअधिकारीचौरका एकजना गरि ४ जनाको पहिचान खुलेपछि उनीहरू होम क्वारेन्टाइनमा बसीरहेका छन् ।बागलुङ नगरपालिका वडा नम्बर ४ का एक युवतीलाई ज्वरो र रूघा खोकी लागेपछि धौलागिरि अन्चल अस्पताल बागलुङले उनको स्वाव परीक्षण गर्न काठमाडौ पठाएको अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

बागलुङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् अस्पतालमा एकजना भारत बाट घर फर्केका युवामा शंका लागेपछि आइसोलेशन वार्डमा भर्नागरी उनको स्वाव परीक्षण गर्न काठमाडौ पठाए पनि अहिले रिपोर्ट आएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width