टोखाबाट हतियारसहित एक पक्राउ अनुसन्धानका लागि कास्की ल्याइयो

रासस
चैत्र १२, २०७६
black-gun-mm-road-42298606

प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई मङ्गलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार वृत्तबाट खटिएको अनुसन्धान टोलीले ज्वारचनलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ज्वारचनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width