रसियाकाे पूर्वी टापूमा ७.५ म्याग्नीच्यूडकाे भुकम्प

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७६
Kuril-Islands-Russia

रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले खतरनाक सुनामी छालहरू भूकम्पको केन्द्रबिन्दुको ६२० माईल भित्र सम्भव भएको बताएको छ।

विगतमा यस्तै शक्तिको भूकम्पले भूकम्पको केन्द्रबिन्दुबाट सुनामी ल्याएको छ र अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले घटनाको खतराको स्तर निर्धारण गर्न विश्लेषण गरिरहेको जनाएकाे छ।

क्षति वा हताहत भएको कुनै तत्काल रिपोर्टहरू प्राप्त भएकाे छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width