गैडाकोटमा ८५ शैयाको क्वारेन्टाइन होम

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
AAJ5Abc

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा ८५ शैयाका क्वारेन्टाइन होम तयार भएको छ ।गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले पितौजी स्वास्थ्य चौकीमा १५, सहज अस्पताल गैडाकोटमा ३५ र एउटा विद्यालयमा ३५ शैयाको गरी ८५ वेडको क्वारेन्टाइन होम तयारी अवस्था राखिएको बताए ।

उनले सरसफाईमा ध्यान दिन नागरिकलाई आग्रह समेत गरेका छन् । त्यसैगरी अत्यावश्यक पर्ने खाद्य सामग्री विक्री केन्द्र र अस्पताल मेडिकल बाहेक अन्य सबै पसल, हाटबजार, रेष्टुरेन्ट, होटल बन्द गरिएको पौडेलले जानकारी दिए ।गैडाकोटमा कोरोनाको संक्रमण रोक्न विभिन्न स्थानमा हेल्थ डेक्स समेत राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width