कोरोना क्रिस्चियन धर्मावलम्बीलाई नलाग्ने भनी अफवाह फैलाउने आचार्य पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६

पोखरा ।क्रिस्चियन धर्मावलम्बीहरुलाई कोरोना भाइरसको संक्रमणले नछुने भनी अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले पोखराबाट एक पास्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा २९ का प्रशान्त कटनी मण्डली संचालन गर्दै आएका ३२ वर्षीय केशवराज आचार्य हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएपी राजकुमार केसीका अनुसार आचार्यलाई सो अभियोगमा हिजो (सोमबार) साँझ पक्राउ गरिएको हो । पश्चिमका आचार्य पोखरा ३२, खुँदीमा बस्दै आएका थिए ।आचार्यले भिडियो बनाउँदै प्रभू यशुका अनुयायीलाई कोरोनाले नछुने दाबी गर्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width