जंगली च्याउ खाएर तीन जना विरामी

रामकुमार श्रेष्ठ
चैत्र ११, २०७६
2018-12-05-16-49-44-1200×900

Representative Image

पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर ३ जना विरामी परेका छन् । कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन् ।

घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा ३ जना विरामी परेका हुन् । उनीहरुको अवस्था अचेत रहेको र उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

च्याउ खाएर कावासोती १२ निवासी ४३ बर्षीय उमा गुरुङ, उनकी छोरी २२ बर्षीया नौमाया गुरुङ र छोरा १६ बर्षीय टुपेश गुरुङ अचेत भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width