रगत अभाव हुन नदिन खुल्ला रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
chamber

पोखरा, १० चैत । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखा पोखरा ६ र पोखरा चेम्बर अफ कमर्स फेवा इकाईले संयुक्त रुपमा खुल्ला रक्तदान तथा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेका छन ।

कार्यक्रममा ३४ युनिट रगत संकलन भएको रेडक्रस सोसाइटी बैदाम उपशाखाका सहसचिव तथा चेम्बर अफ कमर्स फेवा इकाइका महासचिव तुलसी दाहालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उद्घाटन गर्दै रगतको अभाव हुन नदिन उपशाखा तथा सामाजिक संघ संस्थालाई रक्तदान गर्न आग्रह गरिएको बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलले कोरोना भाइरसको बारेमा सहजीकरण गरेका थिए । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्स फेवा इकाईका उपाध्यक्ष नवराज अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ६ बैदाम उपशाखाका सभापति गिरिराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width